Rule 39
पदयात्रा अनुमतिपत्र दस्तुर

पदयात्रा अनुमतिपत्र दस्तुर अनुसूची–१२ मा तोके बमोजिम हुनेछ । तर देहायका विदेशीलाई विभागले पदयात्रा अनुमति दस्तुर छुट दिन सक्नेछः–
(क) कूटनैतिक भिसा प्राप्त विदेशी ।
(ख) कुनैपनि दस्तुर नलाग्ने भनी नेपाल सरकारसंग सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौतासंग सम्बद्ध भई आफ्नोे कामसंग सम्बन्धित क्षेत्रमा जाने प्रयोजनका लागि पदयात्रा अनुमति माग गर्ने विदेशी ।
(ग) नेपाल सरकारको योजना वा कार्यक्रमसंग सम्बद्ध विदेशीको कार्यक्षेत्र पदयात्रा क्षेत्रमा नै परेको रहेछ भने त्यस्ता विदेशीहरू ।
(घ) आफ्ना बाबु वा आमासंग पदयात्रामा जाने १० वर्ष मुनिका बाल बालिकाहरू ।
(ङ) गृह मन्त्रालय मार्फत दस्तुर छुट गर्न लेखी आएका विदेशीहरु ।